Follow us: Youtube Android App
तीव्र सवारी चलाए सचेतना कक्षा
२४ कात्तिक २०७९

काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ ।

महाशाखाले अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लंघन र रातो बत्ती क्रस गरेमा नियमानुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिने गरेको थियो ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढेसँगै रोकथामका लागि सचेतना कक्षा अनिवार्य गर्न लागेको हो । जरिमाना मात्र अनिवार्य गर्दा तीव्र गतिमा सवारीसाधन चलाउनेको संख्यामा कमी आउन सकेको छैन ...

समाचार स्रोत :