Follow us: Youtube Android App
एलएलबी पढेका ४२८ विद्यार्थीको भविष्य अन्योलमा
२० पुष २०७९

काठमाडौँ — बैतडीका महेशप्रसाद भट्ट नेपाल खुला विश्वविद्यालय (एनओयू) मा कानुन विषय लिएर एलएलबी उत्तीर्ण गरेको दिन औधी खुसी थिए । तर, बार काउन्सिलले अधिवक्ता बन्ने प्रवेश परीक्षा फाराम भर्न नदिएपछि न्याय खोज्दै उनी सर्वोच्च अदालत धाउनुपरेको छ ।

एनओयूले स्नातक उत्तीर्णलाई तीनवर्षे एलएलबी अध्ययन गर्न पाउने प्रावधान राखेको छ । स्नातक उत्तीर्ण गरेका भट्टले २०७५ मा एनओयूले लिएको एलएलबी प्रवेश परीक्षा पास गरे । त्यसपछि भर्ना भएर लगातार तीन वर्ष अनलाइन/भर्चुअल मोडलबाट पढे । भट्टसँगै १५ जना विद्यार्थी थिए, ९ जनाले एलएलबी उत्तीर्ण गरे । तीमध्ये पाँच जना अधिवक्ताको लाइसेन्स लिन नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) मा फाराम भर्न पुगेका थिए । तर काउन्सिलले कसैलाई पनि फाराम भर्न दिएन । ‘खुला विधिबाट पढेकालाई प्रवेश गराउने नियमले दिँदैन’ भनेर रोकिदियो ।

त्यतिखेर एनओयूको व्यवस्थापन तथा कानुन संकाय डिन वर्तमान उपकुलपति शिलु मानन्धर बज्राचार्य थिइन् । काउन्सिलले एनओयूलाई एलएलबी अध्यापन मापदण्डप्रति पटक–पटक लिखित, मौखिक ध्यानाकर्षण गराएको थियो । तर काउन्सिलको सुझावअनुसार आवश्यक मापदण्ड पूरा गरिएन । र, एलएलबीको पाठ्यक्रममा कुनै परिवर्तन गरिएन ...

समाचार स्रोत :