काठमाडौं । टोफल आईबीटी परीक्षालाई निरन्तर रूपमा परिष्कृत गर्दै सहज र सुविधाजनक बनाउन ईटीएसले आगामी केही महिनाभित्र नै परीक्षार्थीहरूले अनुभव गर्नेगरी प्रणालीमा परिवर्तन गरेको छ ।
अब २ घण्टाभन्दा कम समयमा नै सकिने
आगामी ७ साउनबाट लागू हुनेगरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइन लागिएको हो । यो प्रणाली लागू भएपछि परीक्षा २ घण्टाभन्दा कम समयमा नै समाप्त हुनेछ । अहिले परीक्षा दिन ३ घण्टाभन्दा बढी लाग्ने गरिरहेको छ ।
७ साउनबाट परीक्षा प्रणालीमा केही परिवर्तनसमेत हुने भएको छ । ईटीएसका अनुसार अब परीक्षा अवधिभर सुव्यवस्थित निर्देशन र बहाव कायम रहनेछ ।
यस्तै, नयाँ र थप आधुनिक ‘शैक्षिक छलफलका लागि लेखन’ कार्य हुनेछ । यसले अघिल्लो स्वतन्त्र लेखनलाई प्रतिस्थापन गर्ने ईटीएसले जनाएको छ । साथै, पठन खण्ड छोटो हुनेछ भने अंकभार नभएका सबै प्रश्न हटाइनेछन् ...