Follow us: Youtube Android App
दलमा सक्रिय चार सहप्राध्यापकमाथि छानबिन
९ जेठ २०८०

काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दलमा सक्रिय त्रिभुवन विश्वविद्यालयका ४ सहप्राध्यापकमाथि कारबाहीका लागि छानबिन थालेको छ । कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका ३ सहित जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका सहप्राध्यापकमाथि आयोगले छानबिन थालेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बन्धित दल, विश्वविद्यालय र कार्यरत क्याम्पसलाई स्पष्टीकरण सोधिएको जनाए । ‘कानुनविपरीत सहप्राध्यापक राजनीतिक दलमा आबद्ध रहेको उजुरी प्राप्त भयो, छानबिन र कारबाहीका लागि स्पष्टीकरण पठाएका छौं,’ उनले भने, ‘जवाफ के आउँछ, त्यसपछि थप निर्णय हुन्छ ।’ कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, उपाध्यक्ष कृष्णकान्त पराजुली, महासचिव राजेन्द्र गौतम र समाजवादीका केन्द्रीय सदस्य उमाशंकर प्रसाद छानबिनमा तानिएका हुन् ।

उजुरी र आयोगले गरेको छानबिनमा संघमा आबद्ध ३ जना कांग्रेसको क्रियाशील सदस्य तथा २०७८ मा महाधिवेशन प्रतिनिधिमा चुनिएको भेटिएको थियो । कांग्रेसको विधानमा प्रजातान्त्रिक प्राध्यापक संघबाट ५ जना र नेपाल शिक्षक संघबाट ७ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा तिमिल्सिना, पराजुली र गौतम महाधिवेशन प्रतिनिधि चुनिएको संघमा आबद्ध एक प्राध्यापकले जनाए ...

समाचार स्रोत :