Follow us: Youtube Android App
सूर्यको पूजा गरिने पर्व छठ आजबाट सुरू
३ मंसिर २०७७

जनकपुर । धार्मिक एवं लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो ।   


विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या देखिएको छ । तर पनि  छठ विधिवत् रुपमा मनाउन थालिएको छ । ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ  मनाउन शुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाइरहेका छन् ...

समाचार स्रोत :