काठमाडौं । आज आमाको मुख हेर्ने दिन, जन्मदाता आमालाई सम्मान व्यक्त गर्दै यो पर्व मनाइँदैछ । वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वलाई आमा खुवाउने औंसी, मातातीर्थ औंसी वा मातृ दिवस पनि भनिन्छ ।
यस दिन काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अवस्थित मातातीर्थमा ठूलो मेला लाग्दछ । आमा नभएकाहरु मातातीर्थमा गएर स्नान गरी तर्पण दिने गर्दछन् ।
मातातीर्थको बारेमा विभिन्न रोचक किंवदन्तीहरु छन् । तीमध्ये दुई किंवदन्ती यहाँ उल्लेख गरिएको छ ।
किंवदन्ती–१
धेरै वर्ष पहिले काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो ।
अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके । तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ...