Follow us: Youtube Android App
आज इदुलफित्र मनाइँदै
९ बैशाख २०८०

काठमाडौं : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ । यो पर्वका लागि मुसलमानहरुले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भन्ने जनविश्वास छ। यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्नेले हिजो साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा देखिएपछि अत्यधिक खुशी हुने र एकआपसमा इदको शुभकामना  सटासाट गर्ने प्रचलन रहँदै आएको छ ...

समाचार स्रोत :