Follow us: Youtube Android App
५ महिनापछि खुल्यो पर्यटन व्यवसाय, घुमघाम कहिलेबाट ?
१५ साउन २०७७

काठमाडौं । ११ चैत २०७६ पछि पूर्ण रुपमा बन्द भएका पर्यटकीय गतिविधि आजबाट औपचारिक रुपमा खुलेका छन् । होटेल, पर्वतारोहण, पदयात्रा तथा टूरसम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले आजबाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार कार्यालय फाट्टफुट्ट खुलेका छन् । तर, तत्काल कुनै विजनेश नभएका कारण धेरै व्यवसायी कार्यालय खोलिहाल्ने मुडमा पनि छैनन् । ‘आजबाट नेपालमा पर्यटन खुला भयो भन्ने सन्देश दिने गरी अब हामी योजना बनाउँछौं,’ उनले भने । सुवेदीका अनुसार पर्यटकको चासो भने पर्याप्त देखिन्छ ...

समाचार स्रोत :