पर्यटन व्यवसायीहरुले हिमाल आरोहणको लागि राजकुमार मात्रै नभई सबैलाई खुल्ला गर्नुपर्ने बताएका छन्। व्यवसायीहरुले सरकारले बनाएका मापदण्ड पालना गरी जोसुकैलाई पनि हिमाल आरोहण गर्न दिनुपर्ने बताएका हुन्।
मन्त्रिपरिषदले बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहण गर्नका चार्टर्ड उडानमार्फत नेपाल आउन अनुमति दिएको छ। हिमाल आरोहण सबैका लागि खुल्ला भए पनि कूटनीतिक नियोगबाहेक विदेशी नागरिक नेपाल आउन कोभिडको जोखिम भन्दै प्रतिबन्ध लगाइएको छ। जसले गर्दा हिमाल आरोहण गर्न चाहे पनि बाहिरबाट नेपाल आउन पाउँदैनन् ...