Follow us: Youtube Android App
अर्घाखाँचीमा गाई–भैंसीलाई पनि सुत्केरी भत्ता !
२३ भदौ २०७७

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो ।


भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको २ महिनाभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा निवेदन बुझाउनुपर्ने नियम छ । वडाबाट सिफारिस आएपछि नगरपालिकाको पशु सेवा शाखाका कर्मचारीहरु गोठमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई नगदै भत्ता दिइने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक सहायक विजय खनालले बताए ...

समाचार स्रोत :