Follow us: Youtube Android App
चीनबाट रासायनिक मल ल्याउन गरिएको परीक्षण सफल
२१ फागुन २०७७

काठमाडौं । सरकारले चिनियाँ नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन गरेको परीक्षण सफल भएको छ ।

चिनियाँ बजारबाट खरिद गरिएको चार हजार मेट्रिक टन यूरिया मल आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

साल्ट ट्रेडिङको ग्लोबल टेण्डरबाट मल ल्याउने जिम्मा पाएको नेपाली कम्पनी शिल्क मार्केटले शनिबारसम्म मल तातोपानी आइपुग्ने जनाएको छ । सिगात्सेको गोदामबाट चार हजार मेट्रिकटन युरिया मल तातोपानीतर्फ ल्याउन थालिएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत कल्याण सिलवालले बताए । ‘मल सिगात्सेबाट तातोपानी ल्याउने चरणमा छ, शनिबार मल आइपुग्छ । उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन सफल भएका छौं,’ सिलवाललले भने ...

समाचार स्रोत :