Follow us: Youtube Android App
अनुकुल मौसम पर्खिँदै १२ सय जना सगरमाथा बेस क्याम्पमा
४ जेठ २०७८

काठमाडौं । अरब सागरबाट उत्पन्न भएको चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । यसले उच्च हिमाली भेगमा हिमपात गराउने र अन्य भूभागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मंगलबार जारी गरेको भिडियो बुलेटिन अनुसार ताउ ते नामक आँधीको असर प्रदेश १ र २ सहित देशका विभिन्न भागमा पर्नेछ । यसको असर आगामी शुक्रबारसम्म रहने भएकाले विभागले उक्त अवधिसम्म पर्वतारोहणमा नजानसमेत सचेत गराएको छ । पर्यटन विभागले पनि पर्वतारोही तथा सहयोगी आरोहीको सुरक्षामा ध्यान दिन सम्बन्धित एजेन्सीलाई आग्रह गरेको छ ।

उता, सगरमाथा आधार शिविर र त्यो भन्दा माथिका दुई शिविरमा गरी अहिले करीव १२ सय आरोही छन् । उनीहरु सगरमाथा आरोहणको लागि अनुकलु मौसम कुरेर बसेका छन् ...

समाचार स्रोत :