Follow us: Youtube Android App
अमूल्य सुनाखरी अध्ययन भएन, तस्करी रोकिएन
१४ पुष २०७९

काठमाडौँ — गत साता काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरू सुनाखरी (अर्किड) प्रजातिबारे चिन्तित देखिन्थे । वनस्पति जगतमा सुनाखरी फूल फुल्नेमा पर्छ । अवैध संकलन तथा व्यापारले यो प्रजातिको वनस्पतिको अस्तित्व नै जोखिममा परेको उनीहरूको भनाइ थियो ।

ग्रिनहुड नेपालले सुनाखरीसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा तीन वर्षमा गरिएका अनुसन्धानबारे दिएको प्रस्तुतिमा विभिन्न वनस्पतिको नाममा अवैध रूपमा सुनाखरीको निर्यात भइरहेको उल्लेख छ ।

अनुसन्धानकर्ता कुमार पौडेलले विभिन्न प्रजातिको नाममा सुनाखरीको निर्यात भइरहेको बताए । पौडेलसहित वनस्पतिविद् कमल मादेन, अनुसन्धानकर्ता रेशु बस्याललगायतले चितवन–अन्नपूर्ण भूपरिधि (ताल) क्षेत्रमा पर्ने कास्की, मकवानपुर र गोरखा जिल्लाका विभिन्न ५ वटा समुदायमा गरिएको अध्ययनले जंगलबाट जथाभावी सुनाखरी संकलन गर्दा लोप हुने अवस्थामा पुगेको देखाएको हो ...

समाचार स्रोत :