Follow us: Youtube Android App
विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुने आकलन
२७ पुष २०७९

जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ। यो शताब्दीको अन्त्यसम्म पृथ्वीको सरदर तापमान २.७ डिग्री सेन्टिग्रेडले बढ्दा विश्वका ६८ प्रतिशत हिमनदी विलुप्त हुने देखिएको हो।

गत साता विश्वप्रसिद्ध जर्नल साइन्समा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापमान १.५ डिग्रीले मात्र बढेको अवस्थामा यो शताब्दीको अन्त्य (सन् २१००) सम्म विश्वभरिका आधा हिमनदी हराउनेछन्। यसमा पनि आधाजसो हिमनदीको अस्तित्व सन् २०५० भित्रै समाप्त हुनेछ।

यसरी अस्तित्वको संकटमा रहेका अधिकांश हिमनदी एक वर्ग किलोमिटरभन्दा साना क्षेत्रफलका भए पनि विलुप्त हुँदा स्थानीय जलवायु, पर्यटन, हिमनदीजन्य जोखिम तथा सांस्कृतिक पक्षमा नकारात्मक प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ। ग्रिनल्यान्ड र अन्टार्टिकामा रहेको हिउँको तह (आइस सिट) बाहेक विश्वका जमिनमा आधारित सम्पूर्ण २ लाख १५ हजार हिमनदी (ग्लेसियर) को अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको हो ...

समाचार स्रोत :