Follow us: Youtube Android App
दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक सगरमाथाको शिखरमा, नयाँ विश्व कीर्तिमान
७ जेठ २०८०

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्।

यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्।

कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्।

    नेपाल भूकम्पः गोरखा भूकम्पले 'ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन'
    ‘बोनसमा जिन्दगी’ पाएका एक युवा जो कान सुन्दैनन् तर लोकसेवामा एक नम्बरी

आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो।

“यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छन्,” मगरले आरोहणपछि अभिव्यक्त गरेको कुरा विष्टले उद्धृत गरे।

उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ ...

समाचार स्रोत :