Follow us: Youtube Android App
लक्षण भएका कोरोना संक्रमित बढ्दै, के हो यसको संकेत?
१७ साउन २०७७

काठमाडाैं- पछिल्लो समय कोरोना पोजिटिभ भेटिएका धेरैमा विभिन्न लक्षण देखिन थालेको छ। विगतका दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षण विहीन हुने गर्थे।

तर, पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिन थालेको छ। लकडाउनको अन्त्यसँगै मानिसको भीडभाड बाक्लिदै गएको छ। सार्वजनिक सवारी साधन होस् या निजी, कुनै पनि सामाजिक दूरी कायम गरेको कमै मात्र देखिन्छ। यस्तो अवस्थामा लक्षण भएका संक्रमित फेला पर्नु झन् खतरा भएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने जोखिम पनि बढी हुन्छ ...

समाचार स्रोत :