Follow us: Youtube Android App
चुनौती बन्दै ‘पोष्ट डेंगु’ लक्षण : सुतिराख्न मन लाग्नेदेखि डिप्रेसनसम्म
२६ कात्तिक २०७९

काठमाडौं । गत साउनको दोस्रो हप्ता ललितपुर (सुनाकोठी) का रामजी श्रेष्ठलाई डेंगु संक्रमण पुष्टि भयो । पेशाले स्वास्थ्यकर्मी नै भएकाले उनी चिकित्सकको सल्लाहमा घरै बसे । केही समयपछि काममा फर्किए । तर, यसपछि पनि उनले कमजोर र थकित भएको महसुस गरिराखे ।

फलोअपका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताल आइपुगेका श्रेष्ठको अनुभव सुनेर सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन पनि छक्क परे । पुन भन्छन्, ‘चक्कर लाग्ने, टाउको भारी हुने, निऽा नलाग्ने र मुटुको धड्कनमा गडबडदेखि कपाल झर्नेसम्मको स्वास्थ्य समस्या थियो उनमा ।’

पछिल्लो समय डेंगु संक्रमण हुनेको संख्यामा क्रमशः कमी हुँदै गइरहेको देखिए पनि संक्रमित भइसकेका कतिपयमा भने लामो समयपछि पनि स्वास्थ्यमा निरन्तर समस्या देखिरहेको डा.पुन बताउँछन् । डा. पुनका अनुसार यस्ता व्यक्तिहरूले कम्तीमा दुई वा बढी लक्षणहरू अनुभव गरिरहेका छन् ...

समाचार स्रोत :