Follow us: Youtube Android App
घरभित्रको प्रदूषणले मृत्युदर उच्च
१७ पुष २०७९

काठमाडौं : एक अन्तर्राष्ट्रिय अध्ययनले भन्छ– ‘नेपालमा घरभित्र हुने प्रदूषण (इन्डोर पोलुसन)बाट मृत्यु हुनेको संख्या विश्वका अन्य मुलुकको तुलनामा उच्च छ।’ उक्त अध्ययनअनुसार नेपालमा प्रत्येक १ लाखमा १८२.५ जनाको मृत्यु यसकै कारण हुन्छ। श्वास–प्रश्वाससँग सम्बन्धित जोखिमको बारेमा सन् १९९० देखि २०१९ सम्म भएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

२ सय ४ देशमा गरिएको अध्ययनले नेपालमा घरेलु प्रदूषणका कारण क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डीजीज (सीओपीडी) अर्थात् फोक्सोसँग आधारित समस्याले मृत्यु हुने समस्या उच्च देखिएको छ। ‘ग्लोबल बर्डन अफ डीजीज स्टडी’ नाम दिइएको उक्त अध्ययन प्रतिवेदन गत जुलाईमा सार्वजनिक गरिएको थियो। विज्ञका अनुसार, सीओपीडी यस्तो समस्या हो, जसले हावाको बहाबलाई बन्द गराउँछ र श्वास–प्रश्वासमा समस्या निम्त्याउँछ। अनि, घातक समस्या ल्याउँछ। प्रदूषणले क्यान्सर, मानसिक समस्या, मुटु, ग्यासटाइटिस तथा मांसपेसीको समेत गडबडी हुने जोखिम बढाउने अध्ययनको निष्कर्ष छ।

क्यानाडाका मेगेल विश्वविद्यालयमा ‘डिपार्टमेन्ट अफ इपिडिमियोलोजी एन्ड अकुपेसनल हेल्थ’ विभागका जे कफम्यानले उक्त अध्ययन गरेका हुन्। वातावरणीय समस्याले फोक्सोसम्बन्धी जोखिम बढाउने भए पनि गरिब एसियन देशहरूमा भान्साबाट निस्किने धुवाँ प्रमुख समस्या भएको अध्ययनमा भेटिएको छ। नेपालमा प्रदूषणका मुख्य कारण बायोमास (दाउरा, पराल, गोबरग्यासलगायत)को प्रयोग, फोहोर जलाउनु र यातायातसमेत रहेको पाइन्छ ...

समाचार स्रोत :