Follow us: Youtube Android App
स्वास्थ्यसेवामा अनैतिक अभ्यास
२१ पुष २०७९

चिकित्सा सेवा प्रयोगात्मक विज्ञान हो। योग्यता, सीप, ज्ञान र अनुभवको आधारमा बिरामीको उपचार गर्ने अधिकार चिकित्सकलाई हुन्छ। उपचार गर्दा जहिल्यै पनि उपचारका विधि, मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्नुपर्छ। चिकित्सकको बिरामीको खुसी वा सन्तुष्टिलाई उच्च प्राथमिकता दिनुपर्छ।

व्यावसायिक आचरण नचुकेकै कारण चिकित्सकलाई देवताको नजरमा हेरिन्थ्यो। सेतो कोट लगाएका चिकित्सकको मन पनि सफा र स्वच्छ हुने अपेक्षा राखिन्थ्यो। चिकित्सकलगायतका स्वास्थ्यकर्मीको सेवाभाव पनि निर्मल छ त ? यो प्रश्न सोध्ने हो भने बिरामीले निधार नखुम्च्याई सहजै जवाफ दिन्छन्। केही चिकित्सकको खराब मनोवृत्तिले गर्दा अधिकांश चिकित्सकहरूले शिर झुकाउनुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले चिकित्सा सेवाभित्रको मेडिकल अनैतिक अभ्यास (मालप्राक्टिस)को विषयलाई उठाउँदा कतिपयलाई अपच हुन सक्छ। यद्यपि, पेसागत स्वच्छताको लागि यो विषय उठाउने जमर्को गरिएको छ।

अहिले चिकित्सा सेवामा अहिले मेडिकल मालप्राक्टिस शब्द निकै चर्चा हुन थालेको छ। अंग्रेजी शब्द मेडिकल मालप्राक्टिस भन्नाले चिकित्सा सेवामा हुने अनैतिक अभ्यास हो। आर्जित ज्ञान, सीप र अनुभवका आधारमा बिरामीको सर्वोत्तम हित चिताउनु पर्छ। तर, यही मूल्य मान्यतालाई चिकित्सकले नजरअन्दाज गरेकै कारण बिरामीहरूको नजर फेरिएको छ। चिकित्सकलाई जुन सम्मानभावका साथ हेरिन्थ्यो। त्यो इतिहास हुन पुग्दै छ ...

समाचार स्रोत :