सीता दाहाल ओछ्यानमा अर्धचेत अवस्थामा पल्टिरहेकी छन्। उनको उपचारमा कुनै कमी हुन दिइएको छैन। प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा उनलाई राखिएको छ। एक जना नर्सले उनको हेरचाह गरिरहेकी छन्।
तर, अवस्था सुधार हुनुको साटो सीताको शरीर झनझन् कमजोर हुँदै गएको छ।
‘उहाँको अवस्था उस्तै छ। होस छैन। बोल्न र हिँडडुल गर्न सक्नुहुन्न। हातखुट्टा चल्दैनन्, आँखा जुधाएर हेर्न सक्नुहुन्न,’ केही समयअघि उनलाई भेटेका एक माओवादी नेताले भने।
उनको खानपान घटेको छ। भेट्न गएकाहरुलाई चिन्न प्रयत्न गर्छिन् तर, सक्दिनन्। कसैले सहारा दिएर उठाए पनि उनी आफैँ बस्न सक्दिनन् ...