देशकै जेठो वीर अस्पतालस्थित सुविधासम्पन्न विशिष्ट उपचार कक्ष ३५ वर्षदेखि कोही भीभीआईपीहरु पुगेका छैनन्।
२०३५ सालमा भीभीआईपी र भीआईपी कक्ष सञ्चालन ल्याइएको थियो। २०४५ सालमा भीभीआईपी क्याबिनमा तत्कालीन राजा वीरेन्द्र शाह भर्ना भएका थिए। त्यसयता प्रधानमन्त्री र राष्ट्रपतिसहितका कोही विशिष्ट त्यहाँ व्यक्ति भर्ना भएका छैनन्।
वीरमा तयार गरिएको भीभीआईपी कक्षा प्रयोगविहीन हुँदा शीर्ष नेता र विशिष्ठ व्यक्तिहरु सानोतिनो विरामी हुँदा पनि विदेश नै पुगिरहेका छन्। ३५ वर्षदेखि वीरको भीभीआई क्याबिन सजाएर राखिएको छ तर विशिष्ठ व्यक्ति भर्ना भएका छैनन् ...