शुक्रबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन गर्ने बताएको छ।
सामुदायिक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चितका साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य व्यवस्था मिलाइने राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ यसअघि पनि नीति तथा कार्यक्रममा समावेश गरिएको थियो जुन कार्यान्वयन हुन सकेन।
यसपटक भने पालिका स्तरका सामुदायिक अस्पतालको बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्ने सरकारको नीति रहेको छ,' नीति तथा कार्यक्रममा भनिएको छ ...