Follow us: Youtube Android App
सहमति भए अर्कै कुरा हो नत्र प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुहुन्‍न : नेम्वाङ
१० साउन २०७७

काठमाडौँ — सत्तारुढ नेकपाभित्रको सत्तासंघर्ष तत्कालका लागि मत्थर भएजस्तो देखिन्छ । पार्टी विभाजनसम्म हुने हो कि भन्नेगरी देखिएको विवाद मत्थर भए पनि ‍टरिसकेको भने छैन ।

अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीलाई राजीनामा दिन स्थायी कमिटी बैठकमा विषय प्रवेश गराउने नेताहरू पछिल्लो समय एउटा पदबाट मात्रै राजीनामा दिए विवादले निकास पाउँछ भन्न लागेका छन् । प्रधानमन्त्रीले हतारमा संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने भनेर दिएको चेतावनीले उत्कर्षमा पुगेको विवाद मिलाउनमा समाधानका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसामू मंसिरमा 'अर्ली महाधिवेशन' गर्ने र त्यसबाट एकल अध्यक्ष बन्न प्रस्ताव गरेको सार्वजनिक भयो ...

समाचार स्रोत :