हाम्रा हँसिला तथा रसिला प्रधानमन्त्री तपाईं केपी शर्मा ओलीले पटक–पटक भन्दै आउनुभएको छ कि अब कोही नेपाली भोकै मर्दैनन् ।
चुनावताका पोखरामा भएको कार्यक्रममा त झन् जनताका लागि जाबो भात त ओछ्यानमै पुर्याइदिने भाषण गर्नुभएको थियो । आजको मितिमा जब–जब सडकमा भात खान नपाएर मानिसहरू सरकारलाई गाली गरिरहेको देख्छु, मलाई प्रधानमन्त्रीज्यूको त्यही ‘भाते सपना’को याद आउँछ । त्यो एउटा यस्तो भाते सपना थियो, जसले करोडौं भोका पेटमा आशा जगाएको थियो, करोडौं पापी पेटहरू धर्मात्मा बन्न खोज्दै थिए ...