पछिल्लो समय यहाँले पार्टी सभापति नै तोकिएको मितिमा महाधिवेशन गर्न इच्छुक देखिनुहुन्न भन्ने अभिव्यक्ति दिनुभयो, कसरी तपाईंलाई महाधिवेशन अनिश्चित लाग्यो ?
महाधिवेशन साच्चै नै अनिश्चिततातर्फ गइसकेको जस्तो लाग्छ । कोरोनामात्रै होइन शेरबहादुरजीले जति सक्नुहुन्छ, त्यति महाधिवेशन टार्दै जानुहुन्छ । त्यसले हाम्रो पार्टीभित्र संकट आउँछ । वैधानिक संकट आउँछ । त्यो कसरी पार गर्नुहुन्छ, थाहा छैन । तर, यो सिरियस कुरा हो । कोभिडका बारेमा हामीलाई केही पनि थाहा छैन । कसैले कहिले त कसैले कहिले ‘पिक’ (उच्च संक्रमण) हुन्छ भन्छन् । कसैले दसैंताका ‘पिकिङ’ हुन्छ भनेका छन् । कसैले जाडोमा भनेका छन् ...