अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा बलिउडमा व्याप्त नाताबाद र भाइभतिजावाद जिम्मेवार रहेको भन्दै बलिउडका विभिन्न व्यक्तिमाथि अभिव्यक्ति दिएकी कंगना आज मुम्बई जाँदैछिन्।
पछिल्लो समय सुशान्तको आत्महत्या प्रकरणमा थुप्रै तथ्यहरूलाई मुम्बई प्रहरी र सरकारले बेवास्ता गरेको आरोप लगाएपछि शिवसेनाबाट उनले मुम्बई नआउ भन्ने धम्की खेपिरहेकी छन्। शिवसेनाका एक नेताले त उनलाई मुम्बई नआउन र आएमा त्यसको परिणाम भोग्न तयार हुने चेतावनीसमेत दिएका छन्। यस्तोमा कंगनाले आफू कुनै धम्कीले नडराउने भन्दै आजको दिन मुम्बई आउने बताएकी थिइन् ...