Follow us: Youtube Android App
रणवीर र आलियाले सुरु गरे ‘ब्रह्‍मास्‍त्र’ को डबिङ
२६ भदौ २०७७

एजेन्सी । मार्चमा सुरु भएको राष्ट्रव्यापी लकडाउनबीच स्थगित भएको चलचित्रको काम गत महिनादेखि पुनः सुरु हुन थालेको छ । यसैबीच अयान मुखर्जी निर्देशित चलचित्र ‘ब्रह्‍मास्‍त्र’ को डबको काम पनि सुरु भएको छ ।


चलचित्रका कलाकार रणवीर कपुर र आलिया भट्टले डब सुरु गरेका छन् । चलचित्र रिलिजअगावै ब्रह्‍मास्‍त्रको संसारबारे व्‍याख्या गर्ने कलाकारहरुको टिजर भिडियो रिलिज गरिने तयारीमा निर्माण टिम छ । यसकै लागि चलचित्रमा इशा र शिवको भूमिका रहेका आलिया र रणवीर विगत एक सातादेखि डबिङ स्टुडियो धाइरहेका छन् । डबसँगै उक्त विशेष भिडियो सम्पादनको काम पनि भइरहेको छ ...

समाचार स्रोत :