Follow us: Youtube Android App
शाहरुख र दीपिका फेरि एकसाथ फिल्ममा, 'सनकी'मा जोडी बाँध्दै एटली कुमार
२८ भदौ २०७७

बलिउडमा शाहरुख खान र दीपिका पादुकोणको जोडी लोकप्रिय मानिन्छ। एकपटक फेरि यो जोडी पर्दामा देखिने भएको छ। तमिल निर्देशक एटली कुमारको फिल्म 'सनकी'मा शाहरुख र दीपिकाको जोडी देख्न पाइने भएको हो।


त्यसो त बलिउडमा शाहरुखको फिल्म नआएको दुई वर्ष वितिसक्यो। २०१८ मा जिरो फिल्ममा शाहरुख देखिएका थिए। फिल्मफेयरका अनुसार, 'सनकी'मा काम गर्न शाहरुख र दीपिका उत्साहित छन्। दीपिकालाई कथा एकदमै मन परेको छ। 'सनकी'सम्म आइपुग्दा शाहरुख र दीपिकाको जोडी चौथोपटक हुनेछ। यसअघि शाहरुख र दीपिकाले 'ओम शान्ति ओम', 'चेन्नई एक्सप्रेस' र 'ह्याप्पी न्यू ईयर'मा काम गरेका थिए ...

समाचार स्रोत :