Follow us: Youtube Android App
चाडपर्वको मुखमै भारतद्वारा प्याज निर्यातमा रोक : ५ दिनमै ७० प्रतिशत मूल्यवृद्धि
३१ भदौ २०७७

काठमाडौं । आसन्न दशैँ–तिहारमा प्याजको अभाव हुनसक्ने सम्भावना देखिएको छ । प्रमुखः निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ ।


गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । भारतीय बजारमै प्याजको मूल्य बढेको र उत्पादनसमेत घटेको कारण देखाएर भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतीय बजारमै यतिखेर प्याजको मूल्य प्रतिकेजी २५ देखि २७ रुपैयाँ छ । निर्यात रोकेपछि बजारमा प्याजको स्टक रहने र मूल्य घट्ने भारत सरकारको बुझाइ छ ...

समाचार स्रोत :