भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ।
उनीहरुले यो अवधिमा नेपालका मनास्लु र लोबुचे हिमाल आरोहण गरेका छन्। बहराइन राजकुमार मोहम्मद हामद मोहम्मद अलखालिफाको नेतृत्वमा १८ जनाको टोली नेपाल आएको थियो। जसमा ३ जना बेलायती नागरिक थिए भने १५ बहराइनी नागरिक हुन्। उनीहरु सबै बहराइन रोयल गार्डका सदस्य हुन्। कोभिड १९ को विषम परिस्थितिमा नेपाल आएका उनीहरु सुरुमा १ हप्ता गोकर्ण रिसोर्टमा क्वारेन्टिनमा बसे ...