Follow us: Youtube Android App
मृत्युशय्यामा कम्युनिस्ट राजनीति
२६ कात्तिक २०७७

नेपाली कम्युनिस्टहरूको यस्तो जगजगी यसअघि कहिल्यै थिएन । कम्युनिस्ट राजनीति शक्तिशाली भएको समय हो यो । यति शक्तिशाली कि, यसका नेतृत्वकर्ता/सञ्चालकहरू कोही शक्तिले किचिएका छन् त कोही शक्तिको उन्मादले ओतप्रोत छन् ।


यस्तो लाग्दै छ, नेपालमा कम्युनिस्ट राजनीति ‘स्याचुरेसन’ मा पुगेको छ । शिखरमा पुगेको सान र साख अब ओरालो यात्रामा छ । कुनै बखत नायक छवि बनाएका यसका नेतृत्वकर्ता/सञ्चालकहरू अब खलपात्रमा परिणत भइरहेका छन् । व्यक्तिगत इगो, नाफा–नोक्सानको हिसाब मात्रै हेर्ने स्वार्थी समूहको झुन्डजस्तो बनेको छ, कम्युनिस्ट नेतृत्व । राजनीतिक संस्कार, मूल्य, मान्यता, आदर्शलाई तिलाञ्जलि दिँदै यी खलपात्रहरू कम्युनिस्ट राजनीतिको दाहसंस्कारतर्फ उद्यत छन् ...

समाचार स्रोत :