Follow us: Youtube Android App
विश्‍वकप छनोट : ब्राजिलले भेनेजुएलालाई १-० ले हरायो
३० कात्तिक २०७७

रियो डे जेनेरियो — रोबर्टो फिरमिनोको निर्णायक गोलमा ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार भेनेजुएलालाई १–० ले हराएको छ ।


लिभरपुलका खेलाडी फिरमिनोले ६७ औं मिनेटमा खेलको एक मात्र गोल गरे । यो जितपछि ब्राजिलको छनोटमा शतप्रतिशत प्रदर्शन कायम रह्यो । ब्राजिल तीन खेलबाट नौ अंकसहित १० टिम सम्मिलित छनोटको शीर्ष स्थानमा रहेको छ । अन्य खेलमा उरुग्वेले कोलम्बियालाई ३–० र चिलीले पेरुलाई २–० ले हरायो । कोलम्बियाली भूमिमा प्राप्त उरुग्वेको महत्त्वपूर्ण जितमा एडिसन कभानी, लुइस स्वारेज र डारविन नुनेजले गोल गरे । यस्तै चिलीले पेरुविरुद्ध हात पारेको जितमा अरटुरो भिडालले दुवै गोल गरे ...

समाचार स्रोत :