Follow us: Youtube Android App
जिल्ला तहसम्म पुग्यो नेकपा विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी
६ मंसिर २०७७

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लासम्म आइपुगेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।


राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’आचार्यले भने ...

समाचार स्रोत :