उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन्।
रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। 'दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,' उनले भने,'उहाँहरूले भन्न सक्नपर्छ ...