काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो ।
पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमु्ख बासुदेव पाण्डेले जानकारी दिनुभयो । कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि नयाँ हो । जसअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनैपनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ ...