Follow us: Youtube Android App
पछिल्लो २४ घण्टामा थपिए १४ सय ७४ कोरोना संक्रमित, १९ सय ३१ डिस्चार्ज
१५ मंसिर २०७७

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ ...

समाचार स्रोत :