Follow us: Youtube Android App
रेल्वे कम्पनीले प्रस्ताव गर्‍यो भाडादर, डिलक्स सिटका लगि सामान्यभन्दा पाँच गुणा बढी
२८ माघ २०७७

काठमाडौं । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडकमार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ। रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ।     

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रूपैयाँ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले बताए। अरु सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए। सामान्य भन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ।   

सामान्य भन्दा चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुनसक्ने उनको भनाइ छ। उनले भने, ‘हामीले प्रस्ताव गर्दा ३७५ रूपैयाँ प्रस्ताव गरेका छौं।’...

समाचार स्रोत :