Follow us: Youtube Android App
दैनिक छवटा बलात्कारका घटना, १७ प्रतिशतको हत्या हुने गर्छ
२८ माघ २०७७

काठमाडौँ । कन्चनपुर भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करीव दुई वर्ष पाँच महिना बितेको छ । यो अवधिमा प्रहरीले निर्माला हत्या घटनाका दोषी सम्वन्धी ‘सुराक’ पनि पाउन सकेको छैन ।

२०७५ साल साउन १० गते बिहीवार निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । निर्मला हत्या घटनामा संलग्न ब्यक्तिको पहिचान र पक्राउका लागि ‘विशेष’ प्रहरी परिचालन भइरहेकै अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको हत्या भएको छ ।

बालिका निर्मलाको अवस्था दोहोरिने गरी भएको यस घटनामा संलग्न ब्यक्तिका सम्वन्धमा प्रहरीलाई कुनै सुराक समेत उपलब्ध हुनसकेको छैन । यही २२ गते बिहीवार भागरथीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव भेटिएको हो ...

समाचार स्रोत :