Follow us: Youtube Android App
गैंडा मारेको अभियोगमा १४ जना पक्राउ, १६ फरार
२८ माघ २०७७

चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेको जानकारी दिए । सो घटनामा संलग्न भएको आशंका गरेका १६ जना फरार छन् ।

गएको भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्याण्डमा गोली पड्कोको आवाज आएको थियो । निकुञ्जको टोली र नेपाली सेनाले खोजतलास गर्दा भदौ २१ मा एउटा गैंडा मृत भेटिएको थियो । सो गैंडालाई चोरी सिकारीले मारेको प्रष्ट भए पनि खाग भने सुरक्षित नै थियो । त्यसपछि कात्तिक १९ मा निकुञ्जकै पश्चिम क्षेत्र मर्दी घोलमा गोली लागेर मरेका र खाग नभएका गैंडाका माउ बच्चा भेटिएका थिए ...

समाचार स्रोत :