Follow us: Youtube Android App
ट्रकसँग ठोक्किँदा बाइकसँगै जलेर बावु-छोराको मृत्यु
२९ माघ २०७७

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक ठक्कर खाएर भएको आगलागीमा बावु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा नीलकन्ठ नगरपालिका ३ का बलराम अधिकारी र उनको छोरा डा. सुरेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय खानिखोलाको प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्।

थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए। लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार बावु -छोराको जलेर मृत्यु भएको हो ।  गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।

मोटरसाइकलमा आगो लागेपछि स्थानीयले निभाउने प्रयास गरेपनि सफल नभएको बताएका छन् ...

समाचार स्रोत :