Follow us: Youtube Android App
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी केबलकारको शिलान्यास
१ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्।

शनिबार प्रधानमन्त्री ओलीले करिब ३ अर्ब ५२ करोड लगानीमा बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको यो आयोजनाको निर्माण आउँदो फागनु १ गते  सक्ने आयोजकले लक्ष्य लिएको छ।

प्रधानमन्त्री ओलीले कोरोनाको महामारीका कारण पर्यटन क्षेत्र संकटमा परेको भन्दै यसप्रकारका आयोजनाले पर्यटन क्षेत्र विकासमा सहयोग पु¥याउने बताए ...

समाचार स्रोत :