Follow us: Youtube Android App
गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ
२२ चैत्र २०७७

काठमाडाैं- लतिलपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्। उक्त सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेर फरार रहेका अध्यक्ष श्रेष्ठ पक्राउ परेका हुन्।

प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी ललितपुर महानगर परिसरमा ल्याएको छ। अध्यक्ष श्रेष्ठले रकम हिनामिना गरेर फरार भएपछि उक्त संस्था गत फागुन ९ गतेदेखि बन्द छ।

लतिलपुर जिल्ला बचत संघको मध्यस्थतामा सहकारी खुलाउन प्रयास गरिए पनि संस्थाका बचतकर्ता र सञ्‍चालकहरुको दबाबका कारण त्यो सम्भव नभएको लतिलपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईंले बताए। ‘संघले गुडविलका बचतकर्ताको तर्फबाट छ जनाको कार्यदल बनाएर हरेक दिन दुई जनालाई कार्यालयमा बस्‍ने गरी कार्यालय सञ्‍चालन प्रयास गरे पनि त्यो सम्भव भएन,’ उनले भने ...

समाचार स्रोत :