सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले मंगलबार संयुक्तरुपमा राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको बताए । उनले अघि भने, ‘एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गर्यो, त्यसलाई स्वीकार गरेर हामीले राजीनामा दिएका हौं ...