बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरि संसद विघटनको खेल शुरु भएको बताएका छन् । बुटवलमा मंगलबारदेखि शुरु भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केसीले सरकारले संसदलाई विजनेश दिन नचाहेको आरोप लगाए । उनले देशलाई निकास दिन प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको दोहोर्याए ।
अध्यक्ष केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको आरोप समेत लगाए । उनले भने, ‘अमेरिकाले जबर्जस्ती एमसीसी ल्याएर नेपालको परराष्ट्र नीति भत्काउन खोजेको छ र नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेको छ ।’ उनले नेपालमा भारतले हिन्दु राष्ट्र कायम गर्न खोजेको र अमेरिकाले एमसीसीमार्फत सेना भित्र्याउन खोजेको आरोप लगाए ...