Follow us: Youtube Android App
माओवादी केन्द्र बाहिरिँदा जनमोर्चालाई मन्त्रीकाे अफर
२६ चैत्र २०७७

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदै पनि शान्त देखिएको गण्डकी प्रदेशमा एमाले र माओवादी पुनर्जीवित भएपछि भने फरक दृश्य देखिएको छ ।

नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा रहेका माओवादीका २ मन्त्रीले राजीनामा दिए । सरकारलाई दिएको समर्थन यथावतै राखेर आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा बुझाएका हुन् ।

संघीय सरकारमा पनि माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएपनि समर्थन कायमै राखेको छ । केन्द्रकै निर्देशनअनुसार बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले दुईमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । लगत्तै दुई मन्त्रीले मुख्यमन्त्री गुरुङलाई भेटेर राजीनामा बुझाए भने प्रदेशसभा बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका कानुनमन्त्रीले राजीनामा र त्यसको कारणबारे जानकारी गराए ...

समाचार स्रोत :