Follow us: Youtube Android App
चुनावी नारामै सीमित झापाका पुल
३० कात्तिक २०७९

झापा : हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेका झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुंगे पुल नबन्दा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। ‘यस पल्ट पक्का नदीहरूमा पुल बनिहाल्छ’ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आए तापनि ती समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन्।

विशेषगरी झापाको दक्षिणी क्षेत्र भएर बग्ने मेची, बिरीङ, कनकाई, रतुवा र निन्दा नदी तर्न स्थानीयले बर्खायाममा जोखिमपूर्ण र हिउँदमा बाँसको पुलको सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। साथै, डुंगा वा बाँसे पुल चढ्दा स्थानीयले चर्को शुल्क तिर्नुपर्ने समस्या पनि त्यस्तै छ।

भारतीय सीमा नाका जोडिएको कचनकवल गाउँपालिका–५ पाठामारी भएर बग्ने मेची नदीमा ६ वर्षदेखि निर्माणाधीन झोलुंगे पुल अलपत्र छाडेर ठेकेदार बेपत्ता छन्। आर्थिक वर्ष २०७२/०७३ मा ठेक्का लागेको झोलुंगे पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुंगा र हिउँदमा बाँसे पुल चढ्दै आएका छन्। स्थानीय इन्तियाज आलमले कचनकवल गाउँपालिकाबाट डुंगा र बाँसे पुलको ठेक्का लिएर स्थानीयबाट रकम असुल्दै आएको छ। डुंगामा मोटरसाइकलको भारु ५०, साइकलको भारु ३० र मान्छेको भारु २० लिँदै आएको छ। बाँसे पुल बनिरहेकाले सो नदीमा अहिले पनि डुंगा चलिरहेको छ ...

समाचार स्रोत :