डडेल्धुरामा प्रतिनिधि सभातर्फको मतगणना सकिएको छ। यहाँबाट प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ। म दोस्रो भएको छु।
दोस्रो हुँदा पनि म डडेल्धुराका मतदाताप्रति आभारी छु, धन्य छु! म डडेल्धुरा आएको चार महिना मात्रै भयो। केहीदिनअघि पहिलो पटक डडेल्धुरा टेकेको एउटा केटाले यही क्षेत्रबाट ६ पटक सांसद जितिसकेका र बहालवाला प्रधानमन्त्रीबीच चुनावी प्रतिस्पर्धा होला भन्ने धेरैलाई विश्वास लागेको थिएन। मलाई भने मैले देउवालाई हराउँछु भन्ने पूर्ण विश्वास थियो। मेरो त्यो विश्वासमा डडेल्धुराका १३ हजार ४२ जना मतदाताले साथ दिनुभयो। म उहाँहरू सबैप्रति आभारी छु।
चार महिनाअघि डडेल्धुरा पुग्दा मेरा लागि यहाँको भूगोल र स्थानीय भाषा दुबै नयाँ थिए। तर ती मेरा लागि ठूला चुनौती बनेनन् ...