नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीचको ‘झगडा’ फेरि बल्झिएको छ।
इन्टरनेट सेवा प्रदायकले तार टाँगेबापत भाडा नतिरेको भन्दै प्राधिकरणले तार काटेको भन्दै पुनः विरोध सुरु भएको हो।
विद्युत् प्राधिकरणले ७०० प्रतिशतसम्म पोल भाडा बढाएको इन्टरनेट सेवा प्रदायकहरुको आरोप छ। प्राधिकरणले बढेको भाडा बुझाउन दबाब दिँदै लाइन काट्न थालेको व्यवसायीहरुले बताएका छन्।
प्राधिकरणले बढाएको भाडादरको असर उपभोक्तामा पर्ने भएकाले बढेको भाडा तिर्न नसक्ने इन्टरनेट सेवा प्रदायकले बताएका छन् ...