Follow us: Youtube Android App
तनहुँका २० वटा क्रसर उद्योगमा लगाइयो ताला
२३ पुष २०७९

दुलेगौंडा : तनहुँ जिल्लाभित्र मापदण्ड विपरीत वा अनुमति नलिइ चलाइएका क्रसर उद्योग बन्द गरिएका छन्। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यलयलाई बुधबार (मंसिर २० गते) कानुन विपरित, दर्ता नगरी, अनुमति नलिइ सञ्चालनमा रहेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिए बमोजिम शुक्रबार तनहुँका २० वटा क्रसर उद्योग बन्द गरिएको हो ।

बिहिबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले तथा स्थानीय पालिका प्रमुखहरुको बैठकले गृहको परिपत्र अनुसार बन्द गराउनु पर्ने क्रसर उद्योगहरुको लिष्ट तयार पारेको थियो । सोही बमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ती क्रसर उद्योगमा ताला लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले नियमविपरीत सञ्चालिन सम्पूर्ण क्रसर उद्योग बन्द गराइएको जानकारी दिए । उनका अनुसार बन्द गरिएका क्रसर उद्योगमा शुक्लागण्डकी नगरपालिकाका १० वटा रहेका छन् । जसमा यशोशान्ति कंक्रिट स्टोन प्रालि, खनाल गिटी बालुवा उद्योग, हारति एग्रिगेट, ए सिक्स कन्ट्रक्सन, क्वालिटिी एग्रिगेट, महालक्ष्मी एग्रिगेट, थापा एग्रिगेट, ढोरबाराही एग्रिगेट, मेलमिलाप एग्रिगेट र शिवशक्ति ढुङ्गा,रोडा, बालुवा क्रसर प्रालि रहेका छन् । नगरमा संचालित १३ वटा क्रसर उद्योगमध्ये ३ वटा क्रसर उद्योग यसअघि नै बन्द भइसकेका छन्। आफैं बन्द भएकोमा प्रोफर कन्ट्रक्सन प्रा लि, जयमहालक्ष्मी एग्रिगेट र सिद्धेश्वर क्रसर प्रालि रहेका छन् ...

समाचार स्रोत :