Follow us: Youtube Android App
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प
२४ पुष २०७९

काठमाडौँ‚ भैरहवा — राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं कम भएको छ । त्यसमाथि खराब मौसममा अवतरण गराउने प्रणाली सञ्चालनमा भारतले असहयोग गर्दा हिउँदका लागि उडान नहुने स्थिति छ ।

जहाजलाई अवतरण गराउँदा सटीक मानिने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिए पनि सञ्चालनमा भारतले असहमति राखेको छ । यो प्रणाली सञ्चालन नभएकाले खराब मौसमको सामना गर्न नसक्ने भन्दै कुवेतको जजिरा एयरवेजको जहाज सिधै काठमाडौं आउन थालेको छ । भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको जजिरा काठमाडौं फर्किएसँगै अरू अन्तर्राष्ट्रिय वायुसेवा पनि हच्किएका छन् ।

खराब मौसम, हिमपात र अँध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउन मार्गदर्शन गर्ने आईएलएस विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । यसकै आधारमा एरोथाईको विशेष विमानले परीक्षण उडान गरेको थियो ...

समाचार स्रोत :